(हाम्रो घरमा कस्तो  मान्छेले जन्म लिन्छ) ?

पूर्वजन्मको कर्मको अनुसार नै यो जन्ममा आमा-बुवा, भाई-बहिनी, पति-पत्नी प्रेमिका, मित्र-शत्रु इष्टमित्र यि सबै प्राप्त हुन्छन् । किनकि पूर्वजन्मको कर्मको अनुसार यिनीहरुलाई हामीले केहि दिनुपर्छ अथवा हामीले यिनीहरुबाट केहि लिनुपर्छ ।
हाम्रो घरमा सन्तानको रूपमा पनि हामीहरुको पूर्वजन्मको कोहि इष्टमित्र अथवा साथीभाई अथवा आफ्नै घर परिवार का कुनै सदस्य आउँछन् ।

शास्त्रमा उल्लेख अनुसार यि चार जना हाम्रो घरमा सन्तानको रूपमा आउँछन् ।

1. ऋणानुबन्ध – पूर्व जन्म को कुनै त्यस्तो मानिस जसबाट हामीले ऋण लिएका छौ, अथवा त्यसको कुनै प्रकारले धन नष्ट गरेका छौ । त्यो व्यक्ति हाम्रो घरमा छोरा या छोरीको रूपमा जन्म लिन्छ र, हामीले उसको पूर्वजन्ममा नष्ट गरिएको धन यो जन्ममा त्यस सन्तान को निम्ति बिमारी मा अथवा अरु व्यर्थकाममा तब सम्म  खर्च हुन्छ जब सम्म हामीले उसको पूर्वजन्ममा खाएको ऋण सकिदैन ।

2. शत्रु पुत्र – पूर्वजन्ममा हाम्रो  कुनै कारणवश शत्रु भएको छ भने हामीहरुसंग बदला लिनको लागी हाम्रो घरमा छोरा या छोरी को रूपमा जन्म लिन्छ । आफ्ना माता पितालाई मार्नि, माता पिता संग झगडा गर्नि, इत्यादि जीवन भरी कुनै न कुनै कारणले माता पितालाई घर परिवारलाई सताइरहन्छ ।आफ्ना माता पिता घर परिवारको बेइज्जती गरेर उ खुशी हुन्छ।

3. उदासीन पुत्र - यस्तो सन्तान जसले न तु आफ्ना आमा बुवाको सेवा गर्छ न त कुनै प्रकारले सुख दिन्छ । सधै भरी सताई रहन्छ र माता पितालाई मर्न बाध्य बनाउंछ । यस्तो व्यक्ति विवाह पछि एक्लिएर बस्छ ।

4. सेवक पुत्र – पूर्वजन्ममा यदि हामीले कसैको राम्रो संग सेवा गरेका छौ त्यसलाई माया ममता दिएका छौ भने, त्यो सन्तान को रूपमा जन्म लिन्छ र सधै भरी माता पिता को सेवा गरीरन्छ र सबै प्रकारले माता पितालाई सुख दिन्छ ।
यो कुरा मानवमा मात्र लागु हुदैन जीवहरूमा पनि हुन्छ ।
यदि हामीले कुनै जीवजन्तुहरुको सेवा गरिएको छ या तिनीहरुलाई सताइएको छ भने तिनीपनि आफ्नो फल अनुसार हाम्रो सन्तानको रूपमा जन्म लिन्छन् र आफ्नो कर्मको अनुसार सुख दुःख दिन्छन् ।

किनकि प्रकृतिको नियम छ । हामीले जस्तो गर्छौ त्यस्तै फल पाउंछौ । यदि हामीले कसैको एक रुपियां लिएका छौ भने, अर्को जन्ममा सय रूपयां तिर्नु पर्छ, यदि हामीले एक रूपियां दान दिएका छौ भने, अर्को जन्ममा सय रुपियां को फल
पाउँछौ ।

निष्कर्ष - केवल हामीले गरिएको पुण्य मात्र साथमा जान्छ, अरु सांसारिक द्रव्यहरु यहि नै रहन्छन् । त्यसैले अतिलोभ गर्नु उचित होईन । राम्रो काम गरौ ।
  

                                    ******************




































Comments

Popular posts from this blog