Posts

(हाम्रो घरमा कस्तो  मान्छेले जन्म लिन्छ) ? पूर्वजन्मको कर्मको अनुसार नै यो जन्ममा आमा-बुवा, भाई-बहिनी, पति-पत्नी प्रेमिका, मित्र-शत्रु इष्टमित्र यि सबै प्राप्त हुन्छन् । किनकि पूर्वजन्मको कर्मको अनुसार यिनीहरुलाई हामीले केहि दिनुपर्छ अथवा हामीले यिनीहरुबाट केहि लिनुपर्छ । हाम्रो घरमा सन्तानको रूपमा पनि हामीहरुको पूर्वजन्मको कोहि इष्टमित्र अथवा साथीभाई अथवा आफ्नै घर परिवार का कुनै सदस्य आउँछन् । शास्त्रमा उल्लेख अनुसार यि चार जना हाम्रो घरमा सन्तानको रूपमा आउँछन् । 1. ऋणानुबन्ध – पूर्व जन्म को कुनै त्यस्तो मानिस जसबाट हामीले ऋण लिएका छौ, अथवा त्यसको कुनै प्रकारले धन नष्ट गरेका छौ । त्यो व्यक्ति हाम्रो घरमा छोरा या छोरीको रूपमा जन्म लिन्छ र, हामीले उसको पूर्वजन्ममा नष्ट गरिएको धन यो जन्ममा त्यस सन्तान को निम्ति बिमारी मा अथवा अरु व्यर्थकाममा तब सम्म   खर्च हुन्छ जब सम्म हामीले उसको पूर्वजन्ममा खाएको ऋण सकिदैन । 2. शत्रु पुत्र – पूर्वजन्ममा हाम्रो   कुनै कारणवश शत्रु भएको छ भने हामीहरुसंग बदला लिनको लागी हाम्रो घरमा छोरा या छोरी को रूपमा जन्म लिन्...
नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्ण औशीका दिन आज  आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भव ‘आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति अर्थात्  सन्तान कुसन्तान हुन सक्छन् तर आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।  जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थ कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।  कुण्डमा देखिएकी आमा...
उपमोत्प्रेक्षालङ्कारयोः  कः  भेदः   ? ( द्वौ  अपि  सादृश्यमूलकौ  अलङ्कारौ  स्तः  । ) Ø उपमालङ्कारः भेदाभेदप्रधानसादृश्यमूलकः अस्ति ।   Ø किन्तु उत्प्रेक्षा अभेदप्रधानः अथवा अध्यवसायमूलकः अलङ्कारः अस्ति । Ø उपमालङ्कारे उपमानोपमेययोः तुलना क्रियते । Ø किन्तु उत्प्रेक्षालङ्कारे उपमेये उपमानस्य सम्भावना क्रियते । Ø उपमालङ्कारे यथा, इव, वत् इत्यादिभिः शब्दैः तुलना क्रियते । Ø किन्तु उत्प्रेक्षालङ्कारे मन्ये, शङ्के, स्यात् इत्यादिभिः उपमेये उपमानस्य सम्भावना क्रियते । Ø इव शब्दस्य प्रयोगः उभयत्र भवति । Ø किन्तु उत्प्रेक्षालङ्कारे इव इत्यस्य प्रयोगः प्रायः क्रियापदेन सह भवति । यथा – लिम्पतीव, वर्षतीव इत्यादयः । Ø उपमालङ्कारे इव इत्यस्य प्रयोगः संज्ञाशब्दैः सह क्रियते । यथा – कमलम् इव, मुखम् इव Ø उपमालङ्कारे उपमानस्य वास्तविकी सत्ता भवति, किन्तु उत्प्रेक्षालङ्कारे काल्पनिकी सत्ता भवति ।                           *****************************...
के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? यसमा के के छन् ? वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो।वेद शब्द संस्कृत भाषाको "विद्" धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुतिपनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक/श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो । वेदहरूको महत्व हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो श...
(आफ्नी  छोरी अर्थात् शकुन्तलालाई पराई घर पठाउँदाको बुबा (कण्व ऋषि को पीडा) । आज शकुन्तला आफ्नो जन्म घर छोडेर पराई घर जादै छिन्, त्यसैले मेरो ह्रदय एकदम दुःख बाट भरिएको छ । शरीर कामीरहेको छ, कण्ठ ले अश्रुप्रवाहलाई रोकेको कारण सास लिन अत्यन्त गाह्रो भइरहेको छ, साथै मेरो दृष्टि निश्चेष्ट भईसकेको कारणले गर्दा मैले चारै तिर अन्धकार देखिरहेको छु वास्तव मा म अत्यन्त पीडित भईरहेको छु । म जस्तो वनवासी साधुलाई त शकुन्तला प्रति यति धेरै माया का कारण यस्तो स्थिति भईरहेको छ भने । अरु सामान्य घर गृहस्थीहरुले आफ्नो पुत्रीलाई पराई घरमा पठाउनि बेलामा कति वियोग पीडा ले तड्पिन्छन् होला त । यास्यत्यद्य शकुन्तलेति हृदयं संस्पृष्टमुत्कण्ठ्या । कण्ठस्तम्भितवाष्पवृत्तिकलुषश्चिन्ताजडं दर्शनम् ।। वैक्लव्यं मम तावदीदृशमिदं स्नेहादरण्यौकसः । पीड्यन्ते गृहिणः कथं नु तनया विश्लेषदुःखैर्नवैः ।।                                                          ...
प्यासले व्याकुल भएर जल पीऊंन सरोवरमा प्रवेश गर्न लागेका युधिष्ठिरलाई यक्षले भन्छन्, यो सरोवरमा मेरो अधिकार छ यदि तिमीले जल पीउँन चाहान्छौ भने पहिला मेरा प्रश्नहरुको उत्तर देऊ, अनि मात्र तिमीले जल पिऊंन सक्छौ । यक्षद्वारा सोधिएका प्रश्नहरु.. जुन समाज उपयोगि हुनसक्छन्.. त्यो कुन चीज हो जुन पृथिवी भन्दा पनि भारी मानिन्छ ? माया, ममता गौरवमा माता (आमा) पृथिवी भन्दा पनि भारी मानिन्छिन् । त्यो कुन चीज हो जुन आकाश भन्दा पनि ऊँचा मानिन्छन् ? उन्नति र संघर्षमा पिता (बुवा) आकाश भन्दा पनि उँचा मानिन्छन् । कस्तो व्यक्तिलाई सज्जन भनिन्छ ? जसले सबैको हित, कल्याण उपकार चाहान्छ त्यस्तो व्यक्तिलाई सज्जन भनिन्छ । कस्तो व्यक्तिलाई दुर्जन भनिन्छ ? जो दयाहीन छ, जस्ले कसैको हित कल्याण उपकार चाहाँदैन त्यसलाई दुर्जन भनिन्छ । सरलता भनेको के हो ? भेदभाव नगरिकन सबै प्रति समानरूपले व्यवहार गर्नु नै सरलता हो । दया भनेको के हो ? सबै प्राणिहरुको भलो चाहानुनै दया हो । शान्ति भनेको के हो ? मनमा कुनै पनि प्रकारको चिन्ता नहुनु नै शान्ति हो । लज्जा भनेको के हो ? अनैतिक-अनुचित व्यवहार-कार...
आधुनिक विज्ञानको आइंस्टाइनको सापेक्षवादी सिद्धांत र हाम्रो सनातन धर्मको लोकादीको समय – स्वर्गलोक र ब्रम्हलोक कहाँ छन् तँ ? सन १९०५ मा महान् वैज्ञानिक Albert Einstein बाट सापेक्षवादी सिद्धान्तको प्रतिपादन भयो, जसले मानव समुदायमा जमेर रहेको सोचाईमा एउटा भूकम्प नै ल्यायो । उनको सिद्धान्तले हाम्रो सनातन वैदिक धर्मको पुराणादि कथामा उल्लेखित लोकादी समयको रहस्यलाई उजागर मात्र गरेन प्रमाणित नै गर्यो। यही आधुनिक वैज्ञानिक सिद्धान्ततलाई सकेसम्म साधारण शब्दमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ। सनातन धर्म शास्त्र अनुसार – देवलोक (स्वर्ग लोक) को एक दिन भनेको हाम्रो मृत्युलोकको ६ महिना हुन्छ, भने एक रात भनेको अर्को हाम्रो अर्को ६ महिना हुन्छ, अर्थात हाम्रो १ वर्ष त स्वर्गलोकको १(दिन+रात) हो । स्वर्गलोक भन्दा माथि महर्लोक हुन्छ , जहाँको १ दिन हाम्रो १ वर्ष भन्दा पनि धेरै हुन्छ । महर्लोक भन्दा माथि जनलोक जहाँको १ दिनको समय झन धेरै हुन्छ । यसैगरी जनलोक भन्दा माथि तपलोक छ भने तपलोक भन्दा पनि माथि सत्यलोक (ब्रम्हलोक) हुन्छ। ब्रम्हलोकको १ दिन भनेको हाम्रो मृत्युलोकको ४ अरब २९ करोड ४० लाख ...