आधुनिक विज्ञानको आइंस्टाइनको सापेक्षवादी सिद्धांत र हाम्रो सनातन धर्मको
लोकादीको समय – स्वर्गलोक र ब्रम्हलोक कहाँ छन् तँ ?
सन १९०५ मा महान् वैज्ञानिक Albert
Einstein बाट सापेक्षवादी सिद्धान्तको प्रतिपादन भयो, जसले मानव
समुदायमा जमेर रहेको सोचाईमा एउटा भूकम्प नै ल्यायो ।
उनको सिद्धान्तले हाम्रो सनातन वैदिक धर्मको पुराणादि कथामा उल्लेखित लोकादी
समयको रहस्यलाई उजागर मात्र गरेन प्रमाणित नै गर्यो। यही आधुनिक वैज्ञानिक सिद्धान्ततलाई
सकेसम्म साधारण शब्दमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ।
सनातन धर्म शास्त्र अनुसार – देवलोक (स्वर्ग लोक) को एक दिन भनेको हाम्रो
मृत्युलोकको ६ महिना हुन्छ, भने एक रात भनेको अर्को हाम्रो अर्को ६ महिना हुन्छ,
अर्थात हाम्रो १ वर्ष त स्वर्गलोकको १(दिन+रात) हो ।
स्वर्गलोक भन्दा माथि महर्लोक हुन्छ, जहाँको १ दिन हाम्रो १ वर्ष भन्दा पनि धेरै हुन्छ । महर्लोक भन्दा
माथि जनलोक जहाँको १ दिनको समय झन धेरै हुन्छ । यसैगरी जनलोक भन्दा माथि तपलोक छ
भने तपलोक भन्दा पनि माथि सत्यलोक (ब्रम्हलोक) हुन्छ। ब्रम्हलोकको १ दिन भनेको
हाम्रो मृत्युलोकको ४ अरब २९ करोड ४० लाख ८० हज़ार वर्षको हुन्छ, अर्थात
हाम्रो १ दिन भनेको ब्रम्हलोकको 0.000000002296886 सेकेन्ड
हुदो रहेछ।
हाम्रो मनुद्वारा राज्य गरीएको मृत्युलोक अर्थात् भुर्लोक भन्दा तल पनि सनातन
धर्म शास्त्रले ७ लोकको उल्लेख गरेको छ। हाम्रो भुर्लोक भन्दा तल, अतल (मायाका
पूत्र बलद्वारा शासित), बितल (भगवान शङ्करका अंश हरभवद्वारा
शासित), सुतल (दैत्यराज बलि महाराज अर्थात् मुसलमानका
अल्लाहद्वारा शासित), तलातल (दैत्यहरूका इंजीनियर मायाद्वारा
शासित), महातल (नागराजद्वारा शासित), रसातल
(विभिन्न दैत्यहरूद्वारा शासित) र पाताल (नाग, राक्षस
आदिद्वारा शासित) यी लोकहरूको समय हाम्रो भन्दा पनि कम हुन्छ।
हाम्रो १ दिन भनेको नै अतल-वितलका वर्ष हुन्छन् भने पातालको त हजारौ वर्ष हुन्छ।
पापीलाई पाताललोकको नरकमा लाखौं वर्ष सजाय दिनु भनेको हाम्रो मृत्युलोकको केही
दिनमात्र हो।
यो त भयो समय। अब के यहाँका हामी अन्यलोकमा यात्रामा फर्किए के होला? भागवत पुराणमा उल्लेख भएको एक प्रसंग
अनुसार राजा कूकुद्मी आफ्नी छोरीको लागि उपयुक्त दुलाहा खोज्न तपोबलद्वारा ब्रम्हलोक
पुग्छन्। त्यहाँ ब्रम्हाजीको प्रतिक्षा गरिन्जेल गंदर्भहरूको संगीत सुन्नमा केही
क्षण मात्र व्यतित गरी ब्रम्हाजीबाट चाडै नै उपयुक्त दुलाहाको प्राप्ति हुने
आश्वासन पछि वापस पृथ्वीलोक के फर्केका मात्र थिए, यहाँ त २७
चतुर्युग गुज्रिसकेको पाउँछन्। सत्य, त्रेता, द्वापर, कलिको समष्टी समयलाई चतुर्युग भनिन्छ। एक
चतुर्युगको समय ४३ लाख २० हज़ार वर्षको हुन्छ अर्थात २७ चतुर्युग भनेको ११
करोड ६६ लाख ४० हज़ार वर्ष हुन्छ। यहाँ त श्रीकृष्ण आइसकेका हुन्छन्, तसर्थ उनको छोरी रेवतीको बिवाह श्रीकृष्णका दाई बलरामसंग २७ चतुर्युग पछि
हुन जांछ।
यस्तै विष्णुपुराणको एक प्रसङ्ग अनुसार नारदमुनी विष्णुको लागि पानी खोज्न
माथिल्लोलोकबाट पृथ्वीलोकको एक घरको द्वार खटखटाउछन्। एक सुन्दर नारीले द्वार
खोल्छिन्। नारीको सुन्दरतामा मुग्ध भै नारदमुनी सोही स्त्रीसंग विवाह गरी घरजम
गर्छन, बाल-वच्चा हुन्छन, वर्षौ वित्छ, तर एकदिन ढोकाको खटखट आवाजमा ढोका खोल्दा
त भगवान् विष्णुले पानी मागिरहेको पाउँछन् अर्थात् माथिल्लो लोकको एक क्षण त यहाँ
वर्षौ वितेछ, भगवानको मायाशक्तिदेखि नतमस्तक हुन्छन्।
आधुनिक बिज्ञान
***************
शिद्धांत १)
"वस्तुको पिण्ड (mass) गति अनुशार
बढ़छ।"
Proof:
तपाईको पिण्ड कति kg को छ ? ६० kg? आधुनिक बिज्ञान भन्छ त्यो त तपाईको rest
mass हो अर्थात शान्त समयको तपाईको पिण्ड हो। तर तपाईको पिण्ड(mass)
गति अनुसार बढ्छ।
विज्ञानले यसको लागी यो formula प्रमाणित गरेको छ:
m' = m /sqrt(1-v^2/c^2)
जहाँ m' भनेको तपाई गतिमा हुदा हुने
नया पिण्ड हो भने m भनेको तपाईको शान्त हुदा खेरीको पिण्ड
हो।
c भनेको प्रकाशको गति (३ लाख किलोमीटर प्रति सेकेण्ड)
v भनेको तपाईको गति
तर यहाँ एउटा अचम्मको कुरो यो पनि छ है। तपाई कै सापेक्षमा रहेका तपाईको
साथीले वा तपाई आफ़ैले भने आफुलाई ६०kg को नै देख्छ वा देख्नुहुंछ किनभने त्तपाईको साथी तपाई संगै
नै कुदिरहेको छ तर बाहिर बसेकाहरूले भने तपाईलाई प्रकाशको गतिको ९९.९९९९९९९% मा
भएकोले १३ लाख ४१ हज़ार ६६
तपाईको गति प्रकाशको गतिको ९९.९९९९९९९% मा पुर्याउने हो भने
तपाईको पिण्ड 22361 गुणाले बढ़छ अर्थात ६० kg को तपाईको पिण्ड, १३ लाख ४१ हज़ार ६६० किलोको हुंछ।
तर यहाँ एउटा अचम्मको कुरो यो पनि छ है। तपाई कै सापेक्षमा रहेका तपाईको
साथीले वा तपाई आफ़ैले भने आफुलाई ६०kg को नै देख्छ वा देख्नुहुंछ किनभने त्तपाईको साथी तपाई संगै
नै कुदिरहेको छ तर बाहिर बसेकाहरूले भने तपाईलाई प्रकाशको गतिको ९९.९९९९९९९% मा
भएकोले १३ लाख ४१ हज़ार ६६० किलोको देख्छ।
शिद्धांत २)
"कुनै पनि पिण्ड(mass)लाई प्रकाशको
गति भंदा धेरै गतिमा प्रवेग(acceleration) दिन सकिदैन।
Proof 1:
यो शिद्धांत प्रमाणित गर्न साधारण रूपमा यसरी हेर्न सकिंछ:
मानौ तपाईलाई प्रकाश कै गतिमा हुइक्याउने हो भने के हुंछ?
m' = m /sqrt(1-v^2/c^2)
यहाँ v=c हुनेभयो अर्थात m' अर्थात तपाईको पिण्ड infinite kg को हुनेभयो।
हामीलाई थाहा छ:
Force(F)=Mass(m)*Acceleration(a)
अब प्रकाशको गतिमा पिण्ड infinite भै सकेपछि त्यसलाई प्रवेग(acceleration) दिन शक्ति(Force)
पनि infinite लाग्ने भयो। infinite शक्ति भनेको के हो? असीमित शक्ति जुन लगाउन असम्भव
भयो। तसर्थ प्रकाशको गति दिन हाम्रो यस ब्रम्हाण्डमा असम्भव छ।
Proof 2:
Einstein को वास्तबिक mass-energy equation यस्तो हुंछ:
Einstein ले पिण्डलाई यसरी परिभाषित गरे:
E=£mc^2
जहाँ
m भनेको पिण्ड
E भनेको पिण्डको शक्ति
c भनेको प्रकाशको गति(३ लाख किलोमीटर प्रति सेकेण्ड)
यहाँ £ भनेको Lorentz
constant हो जसको मान पिण्डको गतिसंगै परिवर्तित हुंछ।
अर्थात
£=1/sqrt(1-v^2/c^2)हुंछ।
जसै v=c हुंछ अर्थात तपाईको गति
प्रकाशको गति झै हुंछ, £ अर्थात Lorentz constant को value infinite(असीमित) हुन जांछ।
E=£mc^2
= infinite
अर्थात कुनैपनि पिण्डलाई प्रकाशको गतिमा वेग दिइएमा त्यो पिण्डको शक्ति
असीमित(infinite) हुन जांछ। तसर्थ
प्रकाशको गतिमा पिण्डलाई हुइक्याउन हामी असमर्थ छौ।
शिद्धान ३)
"अन्तिम गति भनेको प्रकाशको गति हो।"
माथिका दुई शिद्धांतले नै यो तेश्रो शिद्धांत स्वतः प्रमाणित गर्दछ। माथिका
दुई शिद्धान्तले प्रमाणित गर्यो की प्रकाशको गति नै अन्तिम गति हो अर्थात जसरी
बाघलाई चिड़ियाखानामा पिंजराको डंडीको अन्तिम सीमानामा हामी राख्छौ, त्यसैगरी भगवान श्रीकृष्णले समस्त जीवलाई प्रकाशको
अन्तिम गतिको सिमानामा बाधेर राखेका छन।
यी ३ शिद्धांत बुझेपछि वास्तबिक कुरो बुझ्न अझै तपाईले यो बुझ्नु पर्छ की समय
भनेको के हो? के तपाईको घड़ीले देखाएको
समय हो? घड़ी त मात्र यंत्र हो जो जसरी बनाइयो त्यसरी घुम्छ,
वास्तबिक समय भनेको के हो त?
समय भनेको वैज्ञानिक परिभाषामा के हो?
*********
बैज्ञानिक परिभाषा अनुसार समय भनेको 0kg पिण्ड भएका सुक्ष्म अणु जसलाई plasma भनेर
भनिन्छ, जुन प्रकाशका सुक्ष्मतम unit हो,
त्यसको कुनै निश्चित अंतरालमा हुने विस्थापन(displacement) हो। plasmaको गति, प्रकाशको
गति झै हुंछ। प्रकाशको गति ख़ाली स्थान(vacuum) मा ३ लाख
किलोमीटर प्रति सेकेण्डको हुंछ। यी plasmaको पिण्ड 0
kg भएकोले नै यो प्रकाशको गतिमा रहन सकेको हो नत्र पिण्ड(mass)
भएको पदार्थ प्रकाशको गतिमा हुइकिन सक्दैन। plasma झै प्रकाशकै बराबरको गतिमा गतिशिल अर्को unit हो परमाणु(protons,
electrons) जसबाट यो समस्त ब्रम्हाण्ड निर्मित छ। electrons अणुका मुख्य सुक्ष्मतम unit हो अर्थात कुनै अणुमा electron
नै मुख्य हो जसको गति पनि प्रकाश कै लगभग बराबरको गति हुंछ।
यसरी समस्त ब्रम्हाण्ड नै यी सूक्षमतम गतिशील परमाणुहरूद्वारा निर्मित छ जुन
प्रतिक्षण परिवर्तनशिल र गतिशील छन। यी गतिशील परमाणुहरूको displacement(विस्थापन) नै समय हो। अर्थात
अर्को शब्दमा भन्ने हो भने "५ मिनेट" भनेको अणु-परमाणुहरू कति धेरै एक
अवस्थाबाट अर्को अवस्थामा पुगे यसको मापन हो। यी परमाणुहरूको कम विस्थापित
भए कम समय व्यतित भयो। यी परमाणुहरू स्थिर रहे समय पनि स्थिर भयो। यदि कुनै A
नाम गरेको ग्रहमा यदि यी परमाणुहरू जति विस्थापित हुंछन(जति स्थान
परिवर्तन गर्छन) त्योभंदा १० गुणा बढ़ी B नाम गरेको ग्रहमा
परिवर्तन गरेमा वैज्ञानिक भाषा अनुसार B नाम गरेको ग्रहमा
समय दश गुणा छिटो चल्दै छ।
यति आधारभूत कुरो बुझेपछि अब आउनुहोस आधुनिक विज्ञानले प्रमाणित गरेको
शास्त्रका कुरोहरू
समय चक्रको परिवर्तन (Time Dilation)
**************
राजा कूकुद्मी आफ्नी छोरीको विवाहबारे जानकारी लिन ब्रम्हलोक पुगेर एक गीत
सुनेर फ़र्किदा त यहाँ ११ करोड ६६ लाख ४० हज़ार वर्ष व्यतीत भैसकेछ। यसलाई आधुनिक
विज्ञानले time dilation भनेर भंछ।
आधुनिक बिज्ञानले यो प्रमाणित गर्यो की मानौ तपाईलाई कुनै तीब्र गतिले(लगभग
प्रकाशको गति)ले हुईकीने कुनै space ship मा राखेर पठाऔ, यहाँको तुलनमा तपाईको समय ढीलो चल्न
थाल्नेछ। मानौ तपाई सो तीब्र गतिले चल्ने spaceship मा एक
वर्ष विताएर फर्किनु भयो भने यहाँ फर्कदा यहाँ धेरै वर्ष वितीसकेको हुनेछ। यहाँ
कति वर्ष बित्यो, त्यो तपाईको spaceship को गति प्रकाशको गतिको कति नजिक छ, त्यसमा भर पर्दछ।
जति प्रकाश गतिको नजिक त्यति धेरै यहाँ समय व्यतीत हुनेछ।
Time Dilation किन हुंछ?
*************
Time Dilation हुनुको प्रमुख कारण भनेको माथि उल्लेख गरिएको
शिद्धान्त ३) अर्थात "अन्तिम गति भनेको प्रकाशको गति हो।" ले गर्दा हो।
यसलाई यसरी बुझौ।
मानौ तपाई बाहिर जमिनमा हुनुहुंछ। एउटा बस छ जसको गति ४० किलोमीटर प्रति घण्टा
छ। बसभित्रको अन्तिम सीट(seat) मा एक मांछे छ, त्यो मांछे बस भित्र नै हिड्दै छ, बसको अगाडी चालकको
सीटतर्फ ५ किलोमीटर प्रतिघंटाको गतिले हिड्दै छ। यो अर्थमा तपाईको लागि त्यो
बसभित्रको व्यक्तिको गति कति हुंछ?
बसको गति + मांछेको गति
=४०+५
= ४५ किलोमीटर प्रति घण्टा
अब बसको गति बढ़ाऔं मानौ ५००० किलोमीटर प्रतिघंटा भयो। अब तपाईको लागि त्यो
बसभित्रको व्यक्तिको गति कति हुंछ?
बसको गति + मांछेको गति
=५०००+५
= ५०००५ किलोमीटर प्रति घण्टा
अब बसको गति बढ़ाऔं मानौ २ लाख ९९ हज़ार ९ सय ९८ किलोमीटर प्रतिसेकेण्ड भयो।
हिसाब गर्न सहजताको लागि मानौ त्यस मांछेको गति ५ किलोमीटर प्रति सेकेंड। अब
तपाईको लागि त्यो बसभित्रको व्यक्तिको गति कति हुंछ?
बसको गति + मांछेको गति
=२९९९९८+५
= ३ लाख ३ किलोमीटर प्रति सेकेंड
तर माथिको शिद्धांत ३ ले के भंछ? प्रकाशको गति नै अन्तिम गति हो। प्रकाशको गति ३ लाख किलोमीटर
प्रति सेकेण्ड मात्र हो तर यहाँ त बसभित्रको मांछेको गति ३ लाख ३ किलोमीटर प्रति
सेकेण्ड अर्थात ३ किलोमीटर प्रति सेकेण्ड बढ़ी भयो। अब के हुंछ त?
अब अचम्मको प्रक्रिया हुंछ।
Velocity= distance travelled/time taken
यहाँ बसभित्रको व्यक्तिको velocity तपाईको नजरमा ३ लाख ३ किलोमीटर प्रति सेकेण्ड हुनुपर्यो तर ३ लाख प्रति
सेकेण्ड भंदा बढ़ी असम्भव छ तसर्थ velocity= ३ लाख प्रति
सेकेण्डमा constant भयो।
Distance travelled पनि बसको पछिल्लो सीटदेखि अघिल्लो सीटसम्म constant
छ। तर बाक़ी रहेको ३ किमी/सेकेण्ड कसरी मिलाउने त? त्यो वसभित्रको व्यक्ति अगाडी त हिड्यो हिड्यो। हो, यहाँनेरी अब velocity पनि constant, distance
पनि constant भएकोले formulaमा time घट्नै पर्यो।
यसलाई यसरी बुझ्नुहोस, त्यस मनुष्यको सम्पूर्ण unit
अर्थात परमाणुहरू तपाईको नजरमा अब बिस्तारै चल्न थाल्नेछन। त्यस
व्यक्तिको परीधिमा रहेका सम्पूर्ण परमाणुहरू अब तपाईको नजरमा विस्तारै चल्न
थाल्नेछन। तपाई देख्नुहुनेछ "त्यो जाबो पछिल्लो सिटबाट अघिल्लो सीटमा जान
यसलाई कति बेर लागेको होला"। तपाई देख्नुहुनेछ बिस्तारै अघिल्लो सीटतर्फ slow
motion मा हिड्दै गरेको व्यक्ति तर त्यही व्यक्ति र बसमा सफर गरेका
अन्य व्यक्तिको नजरमा भने त्यस व्यक्तिको गति सामान्य नै हुनेछ। अब त्यो ब्यक्ति
फर्केर आयो तपाईसंग कुरा गर्न। तपाई भन्नुहुनेछ "त्यो जाबो पछिल्लो सिटबाट
अघिल्लो सीटमा जान किन यति धेरै समय लगाएको???", त्यसले
उत्तर दिनेछ "हैन। म त सामान्य गति मै सामान्य समय मै थिए।"
आधुनिक विज्ञानले Time Dilationको लागि प्रयोग
गरेको गणितीय सूत्र
**************
Time dilation मापन गर्न आधुनिक विज्ञानले यो सूत्र प्रमाण सहित
प्रयोग गर्दछ:
t'=t*sqrt(1-v^2/c^2)
जहाँ
t' भनेको नया समय
t भनेको भएको समय
v भनेको गति
c भनेको प्रकाशको गति हुंछ।
एउटा सानो हिसाब गरौ।
मानौ तपाई प्रकाशको गतिको ५०%को गतिको कुनै space ship मा चढ़ेर जानु भयो र पृथ्वीबासीको लागि १० वर्ष पछि
फर्कनुभयो। अब तपाईको लागि space ship मा व्यतित गरेको समय
कति हो त?
t'=10*sqrt(1-50^2/100^2)
=8.66 years
अर्थात फर्केर आएपछि तपाई भन्नुहुनेछ "म त ८ वर्ष ७ महिना जति मात्र space ship मा थिए", तर यहाँका पृथ्वीवासी भन्नेछन "हैन तपाई १० वर्षपछि
आउनुभयो"।तपाईले तपाईको घड़ी देखाउनु हुंछ जसमा ८ वर्ष ७ महिना नै व्यतित
भएको देखिन्छ भने पृथ्वीवासी पनि आफ्नो घड़ी देखाउने छन जसमा १० वर्ष व्यतिंत भएको
देखिन्छ।
वास्तबमा के भएको थियो भने तपाईको spaceship को परमाणु परमाणु पृथ्वीबासीको सापेक्षमा धीमा हुन
गएका थिए। तपाईको घड़ीको परमाणु, तपाईको मुटुको परमाणु
अर्थात तपाईको मुटुको को चाल, तपाईको आखा, हात-खुट्टा, सम्पूर्ण शरीरका परमाणु पृथ्वीवासीको
नजरमा धीमा चल्न थालेका थिए। यसरी सम्पूर्ण घड़ी नै धीमा हुन गयो।
यसरी नै हिसाब गर्दै हेर्ने हो भने के पाउछौ भने:
-प्रकाशको गतिको १०%को गतिमा समय ९९.५% ले dilate हुंछ
-प्रकाशको गतिको ५०%को गतिमा समय ८६.६% ले dilate हुंछ (माथिको हिसाबमा यो देख्यौ की प्रकाशको ५०%को गतिमा १० वर्ष ८६.६% ले
dilate भएर ८ वर्ष ७ महिनामा झर्यो)
-प्रकाशको गतिको ९०%को गतिमा समय ४३.६% ले dilate हुंछ
-प्रकाशको गतिको ९९%को गतिमा समय १४.१% ले dilate हुंछ
-प्रकाशको गतिको ९९.९९%को गतिमा समय १.१४% ले dilate हुंछ
-प्रकाशको गतिको ९९.९९९९%को गतिमा समय ०.१४१% ले dilate हुंछ अर्थात प्रकाशको गतिको ९९.९९९९% को गतिमा १ महिना घुमेर आउनुभयो भने
पृथ्वीलोकमा १०० वर्ष व्यतीत भै सकेको हुनेछ।
के हाम्रा दिनचर्याका सवारी साधन जस्तै बस/हवाईजहाज चढ़दा पनि time dilation हुंछ?
************
अवश्य हुंछ। तपाई बसमा नै किन न हुइकिनुहोस, त्याहापनि time dilation हुंछ तर यति
नगण्य हुंछ की हाम्रो अनुमानमा पनि पर्न सक्दैन।
एउटा सानो अर्को हिसाब गरौ। मानौ तपाई atlantic oceanको वारपार हवाईजहाँजबाट गर्नु हुदैछ। यसरी
हवाईजहाँजबाट पार गर्दा तपाई अन्यको नजरमा कतिले तरुनो हुनुभयो त, हिसाब गरौ न।
उड़ान समय: ६ घंटा अर्थात २१६०० सेकेण्ड
जेट प्लेनको गति: ८८० किमी/घंटा अर्थात २४४ मीटर/सेकेण्ड
t'=t*sqrt(1-v^2/c^2)
=21600*sqrt(1-244^2/300000000^2)
=21599.999 999 99 second
अर्थात तपाई पृथ्वीवासीको तुलनामा 0.000000001 second ले तरुनो हुनुभयो।
एउटा अर्को हिसाब गरौ। जेटप्लेनका पाइलट जिन्दगीभर जेटमा सफर गर्छन। उनीहरू
अन्यको तुलनामा कतिले तरुनो हुंछन त?
मानौ एक पाइलट जीवनकालमा ५२ हजार घण्टा उडान समय गर्दछ।
उड़ान समय: 52000 घंटा
जेट प्लेनको गति: ८८० किमी/घंटा अर्थात २४४ मीटर/सेकेण्ड
t'=t*sqrt(1-v^2/c^2)
=52000*sqrt(1-244^2/300000000^2)
= 52000 hours x 0.999 999 999 999 7
= 51599.999 999 984 4 hours
अर्थात
52000 hours – 51599.999 999 984 4 hours
= 0.000 000 015 6 hours (यति घण्टाले अन्यको भंदा एक पाइलट
तरुनो हुंछ)
स्वर्गलोक, ब्रम्हलोक, पाताललोक कहाँ छ त ?
*********
वैदिक सनातन धर्म शास्त्रले स्वर्गलोकमा १ दिन हुनु भनेको हाम्रो यहाँको १ वर्ष
अर्थात ३६५ दिन हुंछ भनेर भनेको छ। यही रहस्यलाई केंद्रविंदु मानि आधुनिक
विज्ञानलाई सोधौ।
t'=t*sqrt(1-v^2/c^2)
यही formulaलाई परिमार्जन गर्दा:
v=sqrt((1-(t'/t)^2)*c^2)
=sqrt((1-(1/365)^2)*300000^2)
=299998.8740830814 km/sec
अर्थात स्वर्गलोक जहाँको १ दिन यहाँको ३६५ दिन हुंछ, एक यस्तो ग्रह हो जसको गति हाम्रो ग्रहको
गतिको तुलनामा 299998.8740830814 km/sec को हुनुपर्छ तब
त्याँहाको १ दिन भनेको हाम्रो ३६५ दिन हुंछ।
यसैगरी ब्रमहलोक एक यस्तो ग्रह हुनुपर्छ जुन ग्रहको गति लगभग प्रकाश कै गतिको
समान छ(मेरो calculatorमा अटेन, मेरो calculator ले rounding गरेर
तीन लाख नै देखायो)। त्यसैगरी पाताललोक तल छ अर्थात हाम्रो ग्रहको गति पाताललोकको
भंदा धेरै माथि अर्थात उनीहरूको तुलनामा हामी लगभग प्रकाशको गति मा छौ।
के हामी स-शरीर स्वर्गलोक वा पाताललोक जान सक्छौ ?
**************
आधुनिक विज्ञानले प्रकाशको गति प्राप्त गर्न असम्भव भनेको छ तर प्रकाशभंदा
केही तलको गति हाललाई अकल्पनीय भनेता पनि असम्भव भने भनेको छैन। माथि आधुनिक
विज्ञान शास्त्रबाट प्रमाणित गरियो की स्वर्गलोक एक यस्तो ग्रह हुनुपर्छ जसको गति
हाम्रो सापेक्षमा 299998.8740830814 km/sec को
हुनुपर्छ। यति तीब्र गति लिएको ग्रह हाम्रो यो चक्षुले देख्न सक्दैन। सर्वप्रथम
देख्नको लागि मात्र पनि तपाईलाई यस्तो यानमा राख्नु पर्यो जसको गति लगभग 299998
km/sec होस। त्यो गतिमा तपाई पुग्ने बित्तिकै अघि तपाईले देखेका
चन्द्र, सूर्य सबै अब देखिदैनन भने अघि नदेखेका सम्पूर्ण
तपाईका सामु दृश्यमान हुनेछन। जसरी बाटोमा बसमा सफर गर्दा तपाईको बसको गति १०० km/घण्टा भए अन्य १००km/घण्टाको बस अब राम्रोसंग
नियालेर हेर्ने गरी देखिंन्छ त्यसैगरी जसै तपाईको गति स्वर्गलोकको गतिको लगभग
हुनेछ, नया पिण्डहरू जो तपाईको पहिलेको गतिमा अदृश्य थिए,
सबै प्रष्ट देखिंन्छन, स्वर्गलोक प्रष्ट
देखिनेछ तर त्यो गति प्राप्त गर्ने प्रबिधि हाम्रो अहिलेसम्मको ज्ञानले दिएको छैन।
आजको दिनसम्मको प्रबिधिले त्यो गति दिलाउन सक्दैन।
स्वर्गलोकको गति बराबरको गति प्राप्त गर्न सक्ने बैज्ञानिकहरूको योजना
कस्ता छन?
**************
एउटा progressive stepping नाम
गरिएको theory अनुसार प्रकाश समान गति(प्रकाश बराबर हैन)
प्राप्त गर्न चरणबद्ध तरीका अपनाइनेछ। तपाई सापेक्ष प्रकाशको लगभग गति प्राप्त
गर्न पो असम्भव तर त्यही प्रकाशको लगभग गति अन्यको लागि त्यही गति न हुन सक्छ।
यसलाई यसरी बुझौ, मानौ तपाईको नजरमा एक बस छ ४० km प्रति घण्टा र अर्को बस छ ६० km/घण्टा। तपाईको नजरमा
पो त्यो अर्को बस ६० km/घण्टा हो। त्यो पहिलो बसको नजरमा त
त्यो अर्को बस ६०-४०=२० km/घण्टा मात्र त हो नी। अब यदि
तपाईसंग ६० km/घण्टाको रफ्तारको बस भेट्टाउन सक्ने
प्रबिधि छैन मात्र अधिकतम ४५ km/घण्टाको प्रबिधि छ भने तपाई
के गर्न सक्नुहुंछ भने पहिलो चरणमा तपाईको ४५ kmप्रतिघण्टाको
प्रबिधि प्रयोग गर्नुहोस र पहिलो बसलाई पकड़नुहोस। त्यो बसमा चढ़ी सकेपछि अब फेरी
त्यो पहिलो बसबाट तपाईको प्रबिधि प्रयोग गरी दोश्रो बसको लागि उडान गर्नुहोस जुन
अब तपाईभंदा मात्र २० km/घंटाको गतिले कुद्दै छ। यसरी तपाईले
चरणवद्ध रुपमा ४५ km प्रति घण्टाको प्रबिधि प्रयोग गरी ६० km
प्रति घण्टाको बस पकड्न सफल हुनुभयो। यही चरणबद्ध तरीका प्रयोग गरी
तपाई प्रकाशको लगभग गति पनि हासिल गर्न सक्नुहुनेछ, स्वर्गलोक
जान सक्नुहुनेछ, व्रम्हलोक जान सक्नुहुनेछ। तर unfortunately,
हालसम्म यो मात्र कुरा हो, हालसम्मको
प्रबिधिले यो चरणबद्ध तरीकामा पनि हुने अनेकौ बाधाको सामना गर्न सकेको छैन।
आत्मा कसरी स्वर्गलोक, पाताललोक व्रम्हलोकको यात्रा
गर्छ?
***************
माथि उल्लेख गरीयो प्रकाश तत्व plasma को पिण्ड 0 kg को हुंछ तर गतिशील
शक्ति(kinetic energy)को धनी हुंछ तसर्थ plasmaको गति प्रकाश समान हुंछ। plasmaको पिण्ड 0
kg भएकोले नै plasma लाई प्रकाशको गतिमा
प्रबेग दिन अन्य 0 kg भंदा धेरै पिण्ड भएकाहरूलाई झै गार्हो
हुदैन र शक्ति लाग्दैन। त्यस्तै तपाईको स्थूल शरीरको पिण्ड हुंछ। ६० kg, ७० kg। तपाईलाई तपाईको स्थूल शरीर सहित अन्य
लोकमा(स्वर्ग,व्रम्ह, पाताल) आदि लोकमा
पठाउन माथि उल्लेख गरिएका सम्पूर्ण भौतिक कठिनाई आई पर्दछ तर तपाईको आत्मा सहित मन,
बुद्धि, अहंकारले बनेको सुक्ष्म शरीर अति
सुक्ष्म भएकोले सम्पूर्ण पिण्ड लगभग 0 kg(सून्यभंदा नगण्य
धेरै) नै हुंछ। 0 kg को पिण्डलाई अन्य लोक स्वर्ग वा अन्यमा
धकेल्न अन्य जड़ पिण्डलाई झै गार्हो हुदैन। जीवको कर्म अनुसार प्रकृतिले सहजै
सुक्ष्म शरीरलाई लोकादीमा धकेल्छिन र त्याँहा पुगेपछि त्यहीको वातावरण अनुरूप
जीवात्माले स्थूल शरीर प्राप्त गर्दछ।
हरे कृष्ण ..
Comments
Post a Comment