(आफ्नी छोरी अर्थात् शकुन्तलालाई पराई घर पठाउँदाको बुबा (कण्व ऋषि को पीडा) ।
आज
शकुन्तला आफ्नो जन्म घर छोडेर पराई घर जादै छिन्, त्यसैले मेरो ह्रदय एकदम दुःख बाट
भरिएको छ । शरीर कामीरहेको छ, कण्ठले अश्रुप्रवाहलाई रोकेको कारण सास लिन अत्यन्त
गाह्रो भइरहेको छ, साथै मेरो दृष्टि निश्चेष्ट भईसकेको कारणले गर्दा मैले चारै तिर
अन्धकार देखिरहेको छु वास्तव मा म अत्यन्त पीडित भईरहेको छु । म जस्तो वनवासी साधुलाई
त शकुन्तला प्रति यति धेरै माया का कारण यस्तो स्थिति भईरहेको छ भने । अरु सामान्य घर गृहस्थीहरुले आफ्नो पुत्रीलाई पराई घरमा पठाउनि
बेलामा कति वियोग पीडा ले तड्पिन्छन् होला त ।
यास्यत्यद्य
शकुन्तलेति हृदयं संस्पृष्टमुत्कण्ठ्या ।
कण्ठस्तम्भितवाष्पवृत्तिकलुषश्चिन्ताजडं दर्शनम् ।।
वैक्लव्यं मम तावदीदृशमिदं स्नेहादरण्यौकसः ।
पीड्यन्ते गृहिणः कथं नु तनया विश्लेषदुःखैर्नवैः ।।
कण्ठस्तम्भितवाष्पवृत्तिकलुषश्चिन्ताजडं दर्शनम् ।।
वैक्लव्यं मम तावदीदृशमिदं स्नेहादरण्यौकसः ।
पीड्यन्ते गृहिणः कथं नु तनया विश्लेषदुःखैर्नवैः ।।
(छोरी
शकुन्तलाको आफु जन्मेको हुर्केको ठाउँ संगको माया)
अर्थात्
शकुन्तला प्रकृति की छोरी हुन्, त्यसैले तिनले प्रकृति संग अत्यन्त प्रेम गर्छिन् आफु
बसेको हुर्केका ठाउं संग प्रेम भएको कारणले गर्दा होला - आश्रम का वरिपरि भएका लता,
वृक्ष, पुष्प, पशु पक्षिहरुलाई शकुन्तला ले आफ्नै भाई बहिनी जस्तो प्रेम गर्छिन् ।
बिहान सबै भन्दा पहिला उठेर – लता, पुष्प, वृक्षहरुलाई जल पिलाएर मात्र आफुले जल पिउँनि
गर्छिन् । शकुन्तला अलङ्कार प्रिय छिन्, तर पनि पुष्प, लता हरुसंगको मायाले गर्दा पुष्पको
एउटा पनि कोपिला टिप्दिनन्, सुरु सुरु मा कोपिला टुसाउने बेलामा आफ्नै जन्मोत्सव
जसरी मनाएर खुशी हुन्छिन् । यि सबै संग आफुँ पराई घर जानको लागी आज्ञा मागिरहेकी
छिन् ।
पातुं
न प्रथमं व्यवस्यति जलं युष्मास्वपीतेषु या ।
नादत्ते प्रियमण्डनापि भवतां स्नेहेन या पल्लवम् ।।
आद्ये वः कुसुमप्रसूतसमये यस्या भवत्युसवः ।
सेयं याति शकुन्तला पतिगृहं सर्वैरनुज्ञायताम् ।।
नादत्ते प्रियमण्डनापि भवतां स्नेहेन या पल्लवम् ।।
आद्ये वः कुसुमप्रसूतसमये यस्या भवत्युसवः ।
सेयं याति शकुन्तला पतिगृहं सर्वैरनुज्ञायताम् ।।
(बुवाले अर्थात् कण्वऋषिले आफ्नो ज्वाई
(दुष्यन्तलाई दिएको उपदेश)
अर्थात् हामी तपस्वीहरु को निश्छलता, आफ्नो उच्चकुल र हाम्रो अनुमति को बिना नै शकुन्तलाले
तिमी संग गरेको माया लाई राम्रो संग बुझेर विचार गरेर तिमीले शकुन्तला संग पनि त्यस्तै
व्यवहार गर्नु जस्तो तिमीले आफ्नी अरु पत्नीहरुलाई गर्छौ, अर्थात् शकुन्तलालाई
भेदभाव न गर्नु । अरु कुरा भाग्यको हातमा छ, त्यस विषयमा हामीले केहि भन्नु पर्ने
छैन र कुनै आपत्ति पनि छैन ।
अस्मान्
साधु विचिन्त्य संयमधनानुच्चैः कुलं चात्मनः
त्वय्यस्याः कथमप्यबान्धवकृतां स्नेहप्रवृत्तिं च ताम् ।
समान्यप्रतिपत्तिपूर्वकमियं दारेषु दृश्या त्वया
भाग्यायत्तमतः परं न खलु तद्वाच्यं वधूबन्धुभिः।।
त्वय्यस्याः कथमप्यबान्धवकृतां स्नेहप्रवृत्तिं च ताम् ।
समान्यप्रतिपत्तिपूर्वकमियं दारेषु दृश्या त्वया
भाग्यायत्तमतः परं न खलु तद्वाच्यं वधूबन्धुभिः।।
(आफ्नी
छोरी शकुन्तलालाई पराई घर जादाँ कण्व ऋषिले दिएको उपदेश) ।
हेर पुत्री
! तिमी आफ्नो पति घर पुगेपछि, पतिका घरमा भएका सबै ठूला
श्रेष्ठ र वृद्धजनहरुको सेवा गर्नु, आफ्ना देउरानी, जेठानी
संग, साथीको जस्तो व्यवहार गर्नु, केहि
कारण वश पतिले कहिले काहि तिम्रो निरादर गरेर तिमी संग
पनि रिसाए पनि तिमी आफ्नो पति संग झगड़ा नगर्नु, आफ्ना
सेवक-सेविकाहरुलाई माया गर्नु, आफ्नो सौभाग्य सुख र
धनसम्पत्तिमा कहिल्यै घमण्ड न गर्नु । जसले
यस प्रकार व्यवहार गर्छ तिनै वास्तविक गृहिणी हुन्छन् । जसले यो भन्दा विपरित व्यवहार
गर्छन् ति आफ्ना कुलका भार हुन् ।
शुश्रूषस्व गुरुन् कुरुप्रियसखीवृत्तिं सपत्नीजने
भर्तुर्विप्रकृतापि रोषणतया मा स्म प्रतीपं गमः।
भूयिष्ठं भव दक्षिणा परिजने भाग्येष्वनुत्सेकिनी
यान्त्येवं गृहिणीपदं युवतयो वामा कुलस्याधयः।।
भर्तुर्विप्रकृतापि रोषणतया मा स्म प्रतीपं गमः।
भूयिष्ठं भव दक्षिणा परिजने भाग्येष्वनुत्सेकिनी
यान्त्येवं गृहिणीपदं युवतयो वामा कुलस्याधयः।।
Comments
Post a Comment