(नारी) ।

अर्धभार्या मनुष्यस्य भार्या श्रेष्ठतमः सखा ।
भार्या मूलं त्रिवर्गस्य भार्या मूलं तरिष्यतः ।।
(महा,आदिपर्व,, 84/41)
पत्नी आफ्नो पति को अर्धाङ्गिनी हुन् । आफ्नो पति को श्रेष्ठ मित्र पनि हुन् । धर्म, अर्थ, काम यिनिहरुको सिद्धि र मोक्ष को मूलकारण पनि हुन् ।
भार्यावन्तः क्रियावन्तः सभार्या गृहमेधिनः ।
भार्यावन्तः प्रमोदन्ते भार्यावन्तः श्रियान्विताः ।।
                                  (महा,आदिपर्व,, 84/42)
पत्नी भएका मानिस नै क्रियाशील हुन्छन्पत्नी भएका पुरुष नै वास्तविक गृहस्थी हुन् र पत्नी भएका पुरुषको नै जीवन आनन्दमय हुन्छ । पत्नी भएका मानिस नै धन समृद्धि ले परिपूर्ण हुन्छन् ।

भार्या हि परमो ह्यर्थः पुरुषस्येह पठ्यते ।
असहायस्य लोकेऽस्मिन् लोक यात्रा सहायिनी ।।
                           (महा,शान्तिपर्व, ,144 /44
पुरुषको प्रधान सम्पत्ति उसको पत्नी हो यो संसारमा जो असहाय छ उसको जीवनयात्रामा पनि उसको पत्नी सहायिका हुन् ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।
 (मनु. 3 / 56)
जुन घर परिवारमा पुरुषद्वारा महिलाहरुको आदर सम्मान हुन्छ त्यो ठाउँमा सबै देवता हुरुले निवास गर्छन्जुन ठाउँमा यिनीहरुको आदर सम्मान हुदैन त्यो ठाउँमा गरिएका धार्मिक कार्यहरु साथै अरु शुभ कार्यहरु सबै निष्फल हुन्छन् घरका कुनै पनि काम पूर्ण रूपले सफल हुदैनन् ।

अपत्यं धर्मकार्याणि शुश्रूषा रतिरुत्तमा ।          दाराधीनस्तथा स्वर्गः पितॄणामात्मनश्च ।।
                                                               (मनुस्मृतिः 9 / 28
सन्तानको जन्म बाट लिएर लालन-पालन, सबै धर्मकार्यमा सहभागिता, सेवा शुश्रूषा उत्तम भोग विलास र पितृहरुको लागी र पति को लागी स्वर्ग प्राप्ति को कारण स्त्रीहरुको अधीनमा छ ।

धनेन वाससा प्रेम्णा श्रद्धयामृतभाषणैः ।
सततं तोषयेद्दारान् नाप्रियं क्वचिदाचरेत् ।।
                                  (महानिर्वाण-तन्त्रः 8 / 43)
पुरुष द्वारा महिलालाई धनले वस्त्रले, श्रद्धाले मधुरवचनले सधै सन्तुष्ट राख्नुपर्छ, र कहिल्यै पनि महिला संग अप्रिय आचरण, र अप्रिय वचन बोल्नु हुदैन ।

भक्तिः प्रेयसि, संश्रितेषु करुणा, श्वश्रूषु नम्रं शिरः ।
प्रीतिर्ज्ञातिषु, गौरवं गुरुजने, क्षान्तिः कृतागस्यपि ।।
अम्लानः कुलयोषितां व्रतविधिः सोऽयं विधेयः पुनः ।
मद्भर्तुदयिता इति प्रियसखीवृत्तिः सपत्नीष्वपि ।।

पति मा भक्ति र प्रेम राख्नु, आफ्नो सेवकहरुमा दयाभाव राख्नु, सासु श्वसुरा को अगाडि नम्र भएर रहनु, भाई-वहिनी बन्धुबान्धवलाई माया गर्नु, आफुभन्दा ठूलाको आदर गर्नु, कुनै व्यक्तिबाट अपराध भएता पनि क्षमा गर्नु, र सौतालाई आफ्नी साथी मान्नु ।

Ø नारीरूपं पतिव्रता
       नारीको सुन्दरता नै पति को सेवा हो ।
Ø  गुण मुख्यस्तु नारीणाम्
      नारीमा चरित्र नै मुख्य मानिएको छ ।
Ø धिग् गृहं गृहिणीशून्यम् ।
       नारी रहित घरलाई धिक्कार छ ।
Ø तस्मात् सर्वं परित्यज्य पतिमेकं भजेत् सती ।
       सबै चीजलाई छोडेर पतिलाई मात्र आश्रय मान ।
Ø नारीणां भूषणं पतिः ।
       नारीहरुको लागी अलङ्कार पति नै हो ।
Ø नास्ति भर्तुः समो बन्धुः ।
       पति जस्तो मित्र पत्नीको लागी अरु कोई छैन ।
Ø सत्स्त्रिया रक्ष्यते गृहम् ।
       सज्जन सचरित्र नारीहरुले नै आफ्नो कुलको रक्षा गर्छन् ।
Ø इहामुत्र च नारीणां परमा हि गतिः पतिः ।
लोक र परलोकमा स्त्रीहरुको  परम आश्रय पति नै हुन् ।
Ø क्रियाणां खलु धर्म्याणां सत्पत्न्यो मूलकारणम् ।
धार्मिककामहरुमा पनि मूलकारण श्रेष्ठ पत्नी नै हुन्

      ***************************************************


Comments

Post a Comment

Popular posts from this blog