मेरो जीवनकथा –
अनादिकाल बाट चलि आएको परम्परा र नियम अनुसार सबैको अर्थात् संवत्, वर्ष, दिन
महिना, पक्ष वार गते.. यिनिहरुको आफ्नै बाटोमा, आफ्नै हिसाबले बित्नि क्रम जारी नै
थियो त्यहि क्रममा नौ महिनासम्म गर्भको अत्यन्त कष्ट भोगेर बसेको एउटां दूत लाई
भगवान् ले 2049 साल भदौ 5 गते का दिन कुनै उद्देश्यले यो संसारमा पठाउने निर्णय
गर्नुभएछ, त्यो निर्णय अनुसार नै पिता श्री छविचन्द्रशर्मा र माता श्री वाटुली
देवी शर्मा को कोखबाट कार्कीनेटा गा.वि.स. कमेरमाटा लौसे, भन्नि ठाउंमा सामान्य
परिवारमा दोस्रो पुत्रको रूपमा यो अनौठो संसारमा दुःख र कष्टको भूमरिमा पाईला
राख्न पुगेछु ।
जुन समय मेरो लागी दुःखको क्षण थियो, र म रोहिरहेको थिए, तर त्यहि बेला
घरपरिवार इष्टमित्र आफन्तमा खुशी को क्षण थियो नै होला सायद, र सबै आफन्त
हासिरहेका थिए होलान् । यो संसारको रिति नियम देखेर नि कता कता मनमा अनौठो लाग्छ र
हास्ने र रूने कुरा गर्दा पनि कबीर को चौपाई को याद आउँछ ।
जब म आए यो जगत मा जगत् हासो म
रोए
यस्तो कुनै काम गर संसारमा,
छोडेर जानी बेला मा म हासु जगत रोओस् ।।
घरमा पक्कै पनि हर्ष उल्लास त भएकै नै थियो होला किनकि मेरो जन्म दाई को 2 वर्षको
अन्तराल पछि भएकाले । मातृवात्सल्यको
लक्ष्मण रेखा भित्र बाधिएको एक शिशुलाई के थाँहा हुन्छ र, म को हु कहां बाट आए इत्यादि.
त्यस्तै मेरो नि अवस्था थियो ।
आमा प्रथम गुरु, घर पहिलो विद्यालय ।
यो वचन अनुसार मेरो नि पहिलो गुरु आमा र घर पहिलो विद्यालय थियो ।
आमा बुवाको अनि आफन्त को मायाको बन्धनमा बाधिएर खेल्दा खेल्दै, मामा घर जानि
आउँनि, क्रम, आमा मामा, हजुर आमाको काखमा बस्दै खेल्दै, बोकेका सुख दुःखका दिन
हासो आशुं उकाली ओराली घुम्टी, मोड, कुहिनेटा, गल्छेटा, गर्दा गर्दै समय को भेल
संगै बग्ने क्रममा कहिले किनारमा त कहिले बिच बाटो मा गर्दा गर्दै मेरो उमेर पनि 4/5 वर्ष पुगिसकेछ ।
भाग - 1 .....अरु भोली
Comments
Post a Comment