प्यासले व्याकुल भएर जल पीऊंन सरोवरमा प्रवेश गर्न लागेका युधिष्ठिरलाई यक्षले भन्छन्, यो सरोवरमा मेरो अधिकार छ यदि तिमीले जल पीउँन चाहान्छौ भने पहिला मेरा प्रश्नहरुको उत्तर देऊ, अनि मात्र तिमीले जल पिऊंन सक्छौ ।

यक्षद्वारा सोधिएका प्रश्नहरु.. जुन समाज उपयोगि हुनसक्छन्..

त्यो कुन चीज हो जुन पृथिवी भन्दा पनि भारी मानिन्छ ?

माया, ममता गौरवमा माता (आमा) पृथिवी भन्दा पनि भारी मानिन्छिन् ।

त्यो कुन चीज हो जुन आकाश भन्दा पनि ऊँचा मानिन्छन् ?

उन्नति र संघर्षमा पिता (बुवा) आकाश भन्दा पनि उँचा मानिन्छन् ।

कस्तो व्यक्तिलाई सज्जन भनिन्छ ?

जसले सबैको हित, कल्याण उपकार चाहान्छ त्यस्तो व्यक्तिलाई सज्जन भनिन्छ ।

कस्तो व्यक्तिलाई दुर्जन भनिन्छ ?

जो दयाहीन छ, जस्ले कसैको हित कल्याण उपकार चाहाँदैन त्यसलाई दुर्जन भनिन्छ ।

सरलता भनेको के हो ?

भेदभाव नगरिकन सबै प्रति समानरूपले व्यवहार गर्नु नै सरलता हो ।

दया भनेको के हो ?

सबै प्राणिहरुको भलो चाहानुनै दया हो ।

शान्ति भनेको के हो ?

मनमा कुनै पनि प्रकारको चिन्ता नहुनु नै शान्ति हो ।

लज्जा भनेको के हो ?

अनैतिक-अनुचित व्यवहार-कार्यहरुबाट टाढा रहनु नै लज्जा हो ।

त्यो कुन चीज हो जुन वायु भन्दा पनि छिटो दौडिन्छ ?

मन वायु भन्दा पनि छिटो दौडिन्छ ।

जसलाई जित्न सकिदैन त्यस्तो मनुष्यको शत्रु के हो ?

मनुष्यको स्वभावमा विद्यमान क्रोध नै मनुष्यको सबै भन्दा ठूलो शत्रु हो ।

१. यो संसारमा सबै भन्दा श्रेष्ठ धर्म के हो ?
२. सधै भरी सम्मान दिने वस्तु के हो ?
३. कुन चीजलाई आफ्नो वशमा गर्नाले मनुष्य कहिल्यै दु:खी हुदैन ?
४. कस्तो व्यक्तिसंग गरिएको मित्रता कहिल्यै टुट्दैन ?
युधिष्ठिरले क्रमैले उत्तर दिन्छन्
१. अरु माथि दया गर्नु नै संसारमा सबै भन्दा श्रेष्ठ धर्म हो ।
२. समाज र शास्त्र विरुद्ध न गरिएको व्यवहार नै समाजमा सम्मान दिने वस्तु हो ।
३. आफ्नो मनलाई वशमा गर्नाले मनुष्य कहिल्यै दु:खी हुदैन ।
४. सज्जन व्यक्तिसंग गरिएको मित्रता कहिल्यै टुट्दैन । 🙏🙏🙏।
                   

Comments

Post a Comment

Popular posts from this blog