शिक्षामा योग को महत्त्व -   
स्वस्थ शरीरमा नै स्वस्थ मनको विकास हुन्छ । जब सम्म हामी स्वस्थ हुदैनौ, तब सम्म हाम्रो मन शिक्षामा अर्थात् अध्ययनमा मन लाग्दैन, चाहे त्यो शिक्षक होस् या छात्र होस् त्यसैले योग को शिक्षामा महत्त्वपूर्ण भूमिका छ । हामी सबैलाई नै थाहां योग भन्नाले आसनहरु हुन् भन्नि, यिनै आसनहरुको माध्यमले नै व्यक्ति निरोगी हुन सक्छ  । निरोगी छात्रको अध्ययनमा पूर्णतया मन लाग्छ  । संस्कृतका प्राचीनग्रन्थहरुमा योग को विषयमा धेरै लेखिएको छ.........................
आसन पनि योगको एउँटा अङ्ग हो ।

स्थिरसुखमासनम् । (पातञ्जलयोगसूत्र)।
अर्थात् शरीरको सुखको लागी जे गरिन्छ त्यसको नाम नै आसन हो । आसन द्वारा नै शरीरलाई नियन्त्रण गर्न सकिन्छ ।
सुखले एउटै ठाउँमा बस्नु नै आसन हो । आसन को शाब्दिक अर्थ हुन्छ - बस्नु, अथवा बस्नको लागी आधार । पातञ्जलयोगसूत्रमा आसनलाई तृतीयस्थानमा तथा च गोरक्षनाथ आदि षडङ्गयोग मा आसनलाई प्रथमस्थानमा राखिएको छ ।
चित्तको स्थिरताको लागी,  शरीरको दृढता को लागी र शीरिरिक सुखको लागी यसको विधान गरिएको छ ।
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यि अष्टांग योग हुन् ।
यम पांच प्रकारका छन्, - अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह ।
नियम पनि पांच प्रकार का छन् – शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणीधान ।
तृतीय स्थान आसनहरुको हुन्छ । आसन को संख्या 84 छ ।
आसन को अर्को नाम हो व्यायाम । सात प्रकारको साधनाको अभ्यासले मानवले आफ्नो शरीरलाई स्वस्थ राख्न सक्छ । यसको बारेमा घेरण्डसंहितामा भनिएको छ ।
    i.           शोधन      -      (शरीर को शुद्धि)      षट्कर्म द्वारा
  ii.          दृढता       -      (शरीर को दृढता)      आसन द्वारा
iii.          स्थैर्य        -      (शरीर को स्थिरता ) मुद्रा द्वारा
iv.         धैर्य          -      (धैर्य को लागी ) प्रत्याहार द्वारा
 v.          लाघवम्    -      (शरीरमा लघुता को लागी) प्राणायाम द्वारा
vi.          प्रत्यक्ष      -      (समक्ष हेर्नु) ध्यान को द्वारा
vii.        निर्लिप्तम्   -      (निर्लिप्त हुनु) समाधि मा गएर ।
आसन बाट हुने लाभहरु
    i.                           आसन द्वारा छात्रहरुको बुद्धि विकसित हुन्छ ।
  ii.                           शरीर को क्षमता बढ्छ ।
iii.                          इच्छाशक्ति सङ्कल्पशक्ति मा परिवर्तित हुन्छ ।
iv.                         मन्दबुद्धि छात्रहरुले पनि सजिलै संग विषय बुझ्न थाल्छन् ।
 v.                          चित्तशुद्धि हुन्छ, जसले गर्दा छात्र एकाग्रचित्त भएर पढ्न सक्छ ।
vi.                       जुन छात्रहरुले चश्माको प्रयोग गर्छन् विस्तारै चश्माको प्रयोग कम हुन         थाल्छ ।
vii.                       रक्तसञ्चार राम्रो संग हुन्छ ।
viii.                     मोबाईल आदि यन्त्रहरुको प्रयोगद्वारा छात्र मानसिक रोगले ग्रस्त           हुन्छन्,    तर योगद्वारा मानसिक रोग बाट छुटकारा पाउंन थाल्छन् ।
ix.                        अहङ्कारको भावना हुदैन । जस्ले छात्र विनयशील हुन्छ ।
 x.                         पृष्ठभाग सुदृढ हुन्छ । जसले गर्दा छात्र लागो समय सम्म स्वाध्याय गर्न         सक्छ ।
xi.                      शरीरमा ऊष्णता आउँछ । जसले गर्दा शीलकालमा पनि राम्रो संग                अध्ययन गर्न सकिन्छ ।
xii.                  एकाग्रता र पाचनशक्ति पनि आसन द्वारा सुदृढ हुन्छ । यो छात्रहरुको            लागी अत्यन्त आवश्यक छ ।

कसको लागी कुन आसन गर्नि –
    i.                स्थूलता को लागी       वज्रासन, हस्तोत्तानासन, त्रिकोणासन,                                      अर्धमत्येन्द्रासन ।
  ii.                मधुमेह                    भुजङ्गासन, पश्चिमोत्तानासन,                               पवनमुक्तासन, अर्धमत्येन्द्रासन
iii.                अस्थमा                   सुखासन, चक्रासन, गोमुखासन,                                                पर्वतासन, भुजङ्गासन ।
iv.                उच्चरक्तताप              ताडासन, वज्रासन, पवनसुखासन,                               अर्धचक्रासन, भुजङ्गासन ।
 v.                पृष्ठपीडा                  ताडासन, अर्धमत्स्येन्द्रासन, वक्रासन,                               शवासन, भुजङ्गासन ।
निष्कर्षः -
योगद्वारा छात्र स्वस्थ हुन्छ । स्वस्थ शरीर बाट नै राम्रो अध्ययन गर्न सकिन्छ । त्यसैले प्रत्येक अध्यापकले आफ्ना छात्रहरुलाई योग को लागी प्रेरित गर्नुपर्छ । जसले गर्दा राम्रा अध्येता हुनसकुन् र राष्ट्र विकासमा आफ्नो योगदान गर्न सकुन् ।



























































Comments

Popular posts from this blog