शिक्षामा योग
को महत्त्व -
स्वस्थ शरीरमा
नै स्वस्थ मनको विकास हुन्छ । जब सम्म हामी स्वस्थ हुदैनौ, तब सम्म हाम्रो मन
शिक्षामा अर्थात् अध्ययनमा मन लाग्दैन, चाहे त्यो शिक्षक होस् या छात्र होस्
त्यसैले योग को शिक्षामा महत्त्वपूर्ण भूमिका छ । हामी सबैलाई नै थाहां योग
भन्नाले आसनहरु हुन् भन्नि, यिनै आसनहरुको माध्यमले नै व्यक्ति निरोगी हुन
सक्छ । निरोगी छात्रको अध्ययनमा पूर्णतया
मन लाग्छ । संस्कृतका प्राचीनग्रन्थहरुमा
योग को विषयमा धेरै लेखिएको छ.........................
आसन पनि योगको
एउँटा अङ्ग हो ।
स्थिरसुखमासनम्
। (पातञ्जलयोगसूत्र)।
अर्थात्
शरीरको सुखको लागी जे गरिन्छ त्यसको नाम नै आसन हो । आसन द्वारा नै शरीरलाई
नियन्त्रण गर्न सकिन्छ ।
सुखले एउटै
ठाउँमा बस्नु नै आसन हो । आसन को शाब्दिक अर्थ हुन्छ - बस्नु, अथवा बस्नको लागी
आधार । पातञ्जलयोगसूत्रमा आसनलाई तृतीयस्थानमा तथा च गोरक्षनाथ आदि षडङ्गयोग मा
आसनलाई प्रथमस्थानमा राखिएको छ ।
चित्तको
स्थिरताको लागी, शरीरको दृढता को लागी र
शीरिरिक सुखको लागी यसको विधान गरिएको छ ।
यम, नियम,
आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यि अष्टांग योग हुन् ।
यम पांच प्रकारका छन्, - अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य,
अपरिग्रह ।
नियम पनि पांच प्रकार का छन् – शौच, सन्तोष, तप,
स्वाध्याय, ईश्वरप्रणीधान ।
तृतीय स्थान
आसनहरुको हुन्छ । आसन को संख्या 84 छ ।
आसन को अर्को
नाम हो व्यायाम । सात प्रकारको साधनाको अभ्यासले मानवले आफ्नो शरीरलाई स्वस्थ
राख्न सक्छ । यसको बारेमा घेरण्डसंहितामा भनिएको छ ।
i. शोधन - (शरीर को शुद्धि) षट्कर्म
द्वारा
ii. दृढता - (शरीर को दृढता) आसन द्वारा
iii. स्थैर्य - (शरीर को स्थिरता )
मुद्रा द्वारा
iv. धैर्य - (धैर्य को लागी ) प्रत्याहार द्वारा
v. लाघवम् - (शरीरमा लघुता को लागी) प्राणायाम द्वारा
vi. प्रत्यक्ष - (समक्ष हेर्नु) ध्यान को द्वारा
vii.
निर्लिप्तम् - (निर्लिप्त हुनु) समाधि मा गएर ।
आसन बाट हुने
लाभहरु
i. आसन द्वारा छात्रहरुको बुद्धि विकसित हुन्छ ।
ii. शरीर को क्षमता बढ्छ ।
iii. इच्छाशक्ति सङ्कल्पशक्ति मा परिवर्तित हुन्छ ।
iv. मन्दबुद्धि छात्रहरुले पनि सजिलै संग विषय बुझ्न थाल्छन् ।
v. चित्तशुद्धि हुन्छ, जसले गर्दा छात्र एकाग्रचित्त भएर पढ्न सक्छ ।
vi. जुन छात्रहरुले चश्माको प्रयोग गर्छन् विस्तारै चश्माको प्रयोग कम हुन थाल्छ ।
vii. रक्तसञ्चार राम्रो संग हुन्छ ।
viii. मोबाईल आदि यन्त्रहरुको प्रयोगद्वारा छात्र मानसिक रोगले ग्रस्त हुन्छन्, तर योगद्वारा
मानसिक रोग बाट छुटकारा पाउंन थाल्छन् ।
ix. अहङ्कारको भावना हुदैन । जस्ले छात्र विनयशील हुन्छ ।
x. पृष्ठभाग सुदृढ हुन्छ । जसले गर्दा छात्र लागो समय सम्म स्वाध्याय गर्न सक्छ ।
xi. शरीरमा ऊष्णता आउँछ । जसले गर्दा शीलकालमा पनि राम्रो संग अध्ययन गर्न सकिन्छ
।
xii. एकाग्रता र पाचनशक्ति पनि आसन द्वारा सुदृढ हुन्छ । यो छात्रहरुको लागी
अत्यन्त आवश्यक छ ।
कसको लागी कुन आसन गर्नि –
i.
स्थूलता को लागी – वज्रासन, हस्तोत्तानासन, त्रिकोणासन, अर्धमत्येन्द्रासन
।
ii.
मधुमेह – भुजङ्गासन, पश्चिमोत्तानासन, पवनमुक्तासन, अर्धमत्येन्द्रासन
iii.
अस्थमा – सुखासन, चक्रासन, गोमुखासन, पर्वतासन,
भुजङ्गासन ।
iv.
उच्चरक्तताप – ताडासन, वज्रासन, पवनसुखासन, अर्धचक्रासन, भुजङ्गासन ।
v.
पृष्ठपीडा – ताडासन, अर्धमत्स्येन्द्रासन, वक्रासन, शवासन,
भुजङ्गासन ।
निष्कर्षः -
योगद्वारा छात्र स्वस्थ हुन्छ । स्वस्थ शरीर बाट नै राम्रो अध्ययन गर्न सकिन्छ
। त्यसैले प्रत्येक अध्यापकले आफ्ना छात्रहरुलाई योग को लागी प्रेरित गर्नुपर्छ ।
जसले गर्दा राम्रा अध्येता हुनसकुन् र राष्ट्र विकासमा आफ्नो योगदान गर्न सकुन् ।
Comments
Post a Comment